काठमाडौँ – बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासंगको सम्बन्धवारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो । कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसंग कुनै पनि आर्थिक सम्बन्ध नरहेको फाउन्डेसनले जनाएको छ ।


ADVERTISEMENT

# # #


नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइतले आग्रह गरे । उनले गत एक वर्षदेखि हामी नेपाल नामक संस्थासंग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारे । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब रू. ७ करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब रू. ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ ।