काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगलागी र तोडफोड भएको पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडाको अनुगमन गरेका छन् ।


ADVERTISEMENT


माओवादी जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएका अध्यक्ष दाहालले कार्यालय परिसरमै पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।


ADVERTISEMENT

# # #


हालै भएको आगलागीबाट कार्यालयमा व्यापक क्षति पुगेको छ। दाहालले जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि दाहालले भने, ‘क्षति त पुराइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बनाउने भनेर उनले खुलाएनन् ।

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।