तर आउनुहोस्, जेनेरेशन–जे (जेन–जी) को आन्दोलनको पहिलो दिन सम्झौं — उनीहरूको मुख्य एजेन्डाहरू के थिए ?


ADVERTISEMENT


१. स्थायित्व र पारदर्शिता
२. कुनै पनि तहमा शून्य भ्रष्टाचार


ADVERTISEMENT

# # #


यी नै थिए कारणहरू जसका लागि मैले जेन–जीलाई सम्मान गरें। तर पछिल्ला दिनहरूमा मैले देखेको कुरा के हो भने, यी एजेन्डाहरू वार्ताको विषय नै बनेनन्। सारा ध्यान केवल प्रधानमन्त्री चयनमा मात्र केन्द्रित देखियो।

म बुझ्छु, उनीहरूले यस्तो स्तरसम्म पुग्छ भन्ने कल्पना गरेका थिएनन् होला। तर यथार्थमा भन्नुपर्दा, अहिले यस्तो लाग्छ — जेन–जीले जितेर पनि आफ्नो लडाइँ हार्यो। किनभने, अहिलेको संविधान परिमार्जन नगरी देशको राजनीति अब कतै पुग्दैन। ती परिमार्जनहरूमा विशेष रूपमाः

१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था
२. संवैधानिक निकायहरू — जस्तै सर्वोच्च अदालतका न्यायाधीश र अख्तियार — को चयन प्रक्रिया सुधार गर्नु

सत्तामा पुग्नको हतार बाहेक, यी महत्वपूर्ण विषयहरूमा अहिलेको टिमबाट मैले केही उल्लेखनीय कुरा सुनेको छैन।

अब ती निर्दोष मानिसहरूको बलिदानलाई तपाईं कसरी न्याय दिने ?

ती अपराधीहरूलाई कसरी सजाय दिइने ?

मलाई लाग्दैछ हामी झन् निराशाको बाटोमा अघि बढिरहेका छौं।

सम्झनुहोस् — जेन–जीको आन्दोलन सरकार परिवर्तनको लागि होइन, दीर्घकालीन राजनीतिक समाधानको लागि थियो। उनीहरूले सत्तामा बसेका व्यक्तिहरूको अदलाबदल होइन, प्रणालीगत परिवर्तनको लागि संघर्ष गरेका थिए। यदि तपाईंहरूले देशलाई सहि दिशामा लैजान सक्नुभएन भने, उनीहरूले तपाईंलाई कहिल्यै माफ गर्ने छैनन्।