२०६६ सालतिर तराईमा सशस्त्र भुमिगत समूहको दबदबा थियो। त्यस बेला प्रहरी प्रधान कार्यालयले एसपी सर्वेन्द्र खनाललाई धनुषा जिल्लाको नेतृत्व हाँक्न पठायो।


ADVERTISEMENT


हत्या, अपहरण र प्रहरीमाथि नै गोली चलाउन तराईको जनजीवन त्रसित थियो । उनी गएकै केही दिनमा २०६६ चैत १६ गते तराई जनतान्त्रिक मुक्ति मोर्चा धनुषा, महोत्तरी प्रमुख सुधिर पाण्डेको इन्काउन्टर मारिए ।


ADVERTISEMENT

# # #


जुन बेला फिल्डमा खनाल आफैँ खटेका थिए। सशस्त्र समूहलाई सफाया गर्ने उनको अभियान रोकिएन । २०६७ असार ४ गते तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका धनुषा जिल्ला इन्चार्ज नुर आलम पनि प्रहरी कारबाहीमा परे ।

२०६७ असार १० गते गोइत समूहका धनुषा महोत्तरी सर्लाही इन्चार्ज मुक्ति यादवको प्रहरी कारबाहीमा मृत्यु भयो। २०६७ असार २३ गते राजन मुक्तीको प्लाटुन कमाण्डर अवदेश मण्डल मुडभेडमा मारिए। त्यस्तै पर्सामा कार्यरत रहदाँ २०६९ माघ १३ गते वीरगंज १३ बाट ८ वर्षका बालक अपहरणमा परे। बालक उद्धार गर्ने क्रममा प्रहरीले ३ जना अपहरणकारीमाथि इन्काउन्टर गर्नुपरेको थियो।

३ जना अपहरणकारीको घटनास्थलमा नै मृत्यु भएको थियो।

अपराध महाशाखाका एसएसपी हुदाँ २०७२ भदौं ३ गते कुमार घैंटे काठमाडौंमै मारिए। हत्या, अपरहण अभियोगमा उनले एक दर्जनभन्दा बढीलाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएका छन्।

‘संगठनले दिएको जिम्मेवारी पुरा गर्नु थियो, त्रसित जनजीवनलाई सामान्य रुपमा ल्याउनु काम थियो, ‘आइजिपीमा नियुक्त भएपछि खनालले भने,’ ज्यानको बाजी लगाएर संगठनको प्रमुख बन्न पाउदाँ खुसी लाग्दो रहेछ।’