काठमाडौं–३० वर्षे सेवा अवधिका कारण आज ‘बुधबार’बाट नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकृत अवकाश पाउँछैन् ।


ADVERTISEMENT


अवकास हुनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी गरी २८ उच्च प्रहरी अधिकृत अवकाश पाउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।

डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरुसँगै दुई एसएसपी पनि अवकाश पाउँदैछन् ।

१५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एक जना मात्र प्राविधिकतर्फका एआइजी रहेको प्रहरी मुख्यालयले जनाएको छ ।