काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।


ADVERTISEMENT


आइतबार जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौंको महाराजगंजस्थीत आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले युवापुस्ताको आकांक्षालाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका हुन् । युवाको आन्दोलनका नाममा अपराधीक घटना घटाउने प्रवृति विस्तारै खुल्दै जाने उनले बताए । उनले संवैधानिक व्यवस्थालाई पूर्णरुपमा टेकेर सरकार बन्न नसकेपनि संवैधानिक बाटोबाट अघि बढ्न सक्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


प्रवक्ता महतले तोकिएको समयमा नै निर्वाचन गरेर जननिर्वाचित सरकार गठन हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रवक्ता महतले अहिलेको विशेष अवस्थामा पार्टी नेतृत्वका बिषयमा प्रश्न उठाउनु भन्दा पनि आन्तरिक एकता बलियो बनाउने बेला भएको बताए । पार्टी अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित नभएको उहाको भनाइ छ ।

महतले एमालेसंगको गठबन्धनका बारेमा पहिलेदेखि नै पार्टीभित्र बिभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा अहिले घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको जिकिर गरे । जेनजी आन्दोलनका क्रममा महतको निजि निवासमा तोडफोड र आगजनी भएको थियो ।