काठमाडौँ – वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्न युएई जान नेपाली राष्ट्रिय क्रिके टोलीले अन्ततः भिसा पाएको छ ।


ADVERTISEMENT


नेपाली टोलीले भिसा पाएसँगै भोलि (सोमबार) युएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बताए ।


ADVERTISEMENT

# # #


नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण नेपालीहरुलाई भिसामा कडाई गरेको युएईले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समेत भिसा दिन इन्कार गरेको थियो । जस कारण नेपाली टोली बिहीबार क्यानले विदाई गरे पनि युइई जान पाएको थिएन ।

तर, परराष्ट्र मन्त्रालय, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र नेपाल क्रिकेटसंघको प्रयासपछि नेपाली टोलीले भिसा पाएको हो । नेपालले सेप्टम्बर २७ देखि ३० सम्म युएईको सारजहाँ क्रिकेट मैदानमा ३ खेलको ऐतिहासिक सिरिज खेल्दैछ ।