• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

अशोज ५, २०८२ |

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

768
SHARES
ShareTweet

काठमाडौँ – एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।


ADVERTISEMENT


चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजान्थिन् । उनको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उनलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राखिन् । एक वर्षअघि बनाएको चित्र अहिले उनको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।


ADVERTISEMENT

# # #


प्रदर्शनीको अर्को आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उनले सगालेकी थिइन् । त्यसमध्येको केही तस्बिरलाई उनले क्यान्भासमा तेल रङमार्फत उतारेकी छन् । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उनले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोजेकी छन् ।

त्यही बौद्धको पुरानो सम्झनालाई उनले क्यानभासमा भरेर प्रदर्शन गरेकी छन् । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उजले क्यानभासमा उतारेकी छन् । उनलाई बौद्धले सबै तानिरहने सुनाए । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उनले देखाएकी छन् । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछन् ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेकी छन् । अझै आठ दिन यहाँ उनको कला हेर्न सकिन्छ । उनी भन्छिन्, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उनले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गरेकी छन् । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतारेकी छन् । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उनले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजाएकी छन् ।

“म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्”, उनी थप्छिन् । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उनको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उनको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।

“प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ”, आना भन्छिन्, “मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।” उहाँ कलालाई शब्दले बयान गर्न सकिँदैन भन्छिन् । उनले थपिन्, “रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।”

आनाले कला पढेकी होइनन् होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिकेकी हुन् । पाँच वर्षदेखि कला साधनामा उनी सक्रिय छन् । अन्य कलाकारका भन्दा उनका सृजना कमजोर लाग्दैनन् । उनी आफ्नै शैलीका सृजना गर्छिन् । परम्परागत कलामा पनि उनलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्छिन् । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गरिन् भने अझै कलामा निखारता आउने सुझाव उनलाई दिन्छिन् ।

जेनजी पुस्ताबाट केही महिना नाघेकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुगिन् । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर जाएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानमा समर्थन जनाइन् । त्यही क्यान्भासलाई पनि उनले यहाँको प्रदर्शनीमा राखेकी छन् ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेकी सुनाउँछिन् । आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहरबजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्छिन् । त्यसैले उहाँको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उनी घुम्न जान्छिन् । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाइन् ।

अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उनको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उनले प्रदर्शनीमा राखेकी छिन् । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उनले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताइन् । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो । रासस

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousभिसा नपाएर रोकिएको नेपाली क्रिकेट टोली भोलि युएई प्रस्थान गर्ने
Nextतालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

ताजा खबर

  • नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने :राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने
  • एकल महिला र विपन्न परिवारको अभिभावक बन्छ, बागमती सरकार : मुख्यमन्त्री बानियाँ
  • सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले गरे विरोध प्रदर्शन
  • संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने तयारी गर्दै
  • वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने :उज्यालो नेपाल पार्टीअध्यक्ष कुलमान घिसिङ

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved