काठमाडौँ – सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्टिर्जकाको अध्यक्षमा चण्डीराज ढकाल नियुक्त भएका छन् । बंगलादेशको ढाकामा सम्पन्न २८औँ साधारणसभाको बैठकले २०२६/२७ का लागि अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


यसअघि सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । निर्वाचित भएपछि ढकालले सार्कलाई पुनः सक्रिय बनाउने आफ्नो तर्फबाट गर्नुपर्ने छलफलका विषयलाई अघि बढाउने बताए ।


ADVERTISEMENT

# # #


साथै उनले सार्क राष्ट्रबीचको व्यापार र वाणिज्य तथा लगानीका क्षेत्रमा समेत सहजीकरण र सहकार्यलाई प्रवद्र्धन गर्ने बताए ।