काठमाडौँ – वर्षा रोकिएर मौसम सफा भएसंगै विभिन्न स्थानमा आवतजावत खुला गरिएको छ ।
वर्षाका कारण विभिन्न स्थानमा रोकिएका सवारी साधानलाई गन्तव्यसम्म जान अनुमति दिइएको छ । काठमाडौँको मुख्य नाका नागढुंगाबाट सवारी आवागमन सहज रुपमा भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।
चितवनलगाएतका स्थानबाट सहज सवारी साधान उपत्यका भित्रिएका छन् । जोखिमयुक्त सडकमा बाहेक अन्य स्थानमा रात्रिकालीन बस सेवा सञ्चालनका लागि अनुमति दिने तयारी गरिएको छ ।



























































