ओमानमा बुधबारदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एशिया–प्यासिफिक क्षेत्र छनोटको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई रनले हराएको छ ।


ADVERTISEMENT


सोमबार ओमानको अल अमारतस्थित ग्राउण्ड टर्फ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


कतारका लागि मोहम्मद तानवीरले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन जोडे । यस्तै मिर्जा मोहम्मद बेइगले २७ बलमा ४ छक्का ठोक्लै ४० तथा मोहम्मद असिमले ३० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट लिए ।

यसअघि नेपालका लागि कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दैै सर्वाधिक ५६ रन बनाए । यस्तै कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान ३८–३८ रनको योगदान दिए ।

यस्तै आरिफ शेखले १३ र आशिफ शेखले ११ रन जोडे । कतारका लागि सरिक मुनिर र मोहम्मद इक्रमुल्लाहले समान २२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

नेपालले विश्वकप छनोटको पहिलो खेल भने सोमबार कुवेतसँग खेल्नेछ ।