काठमाडौं– असोज १७ गतेदेखि लगातार परेको वर्षाले काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका अन्तर्गत पनौती–ढुङ्खर्क सडकखण्डका विभिन्न स्थानमा क्षति पुराएको छ। त्यसका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूलाई आवागमनमा ठूलो कठिनाइ भएको छ।


ADVERTISEMENT


सडक अवरुद्ध हुँदा बिरामीहरूलाई अस्पताल पुराउन स्ट्रेचर र डोकाको सहारा लिनु परेको छ भने दशैं मनाउन गाउँ फर्किरहेका सर्वसाधारणहरू बाध्यतापूर्वक जोखिमपूर्ण यात्रा गरिरहेका छन्।


ADVERTISEMENT

# # #


स्थानीयवासीका अनुसार खोलामा आएको बाढी र लगातारको वर्षाका कारण सडकका धेरै भाग बगाएको र मर्मत सुरु गर्न ढिलाइ हुँदा समस्या झन बढेको छ।