– निरन्जन थापा
आदरणिय अग्रज महाधिवेशन प्रतिनिधि ज्युहरु तथा साथिहरु आफ्ना गुट,नेता,समूह ब्यक्तिगत स्वार्थ बिर्सेर तपाईरु काङ्ग्रेसको आमुल रुपान्तरणका लागि तयार हुनुहुन्छ ?
बिपि कोईरालाले भन्नुभएको थियो । देशको बारेमा दुबिधा भएमा निर्णय लिनुपर्दा मातृभूमिको एकमुठ्ठि माटो एउटा हातमा समात्नुस अर्को हात छातिमा राख्नुस एकाग्र भएर सोच्नुस अनि मनमा जे आउछ त्यहि निर्णय गर्नुस, हो आज त्यहि निर्णय लिने समय आएको छ ।
हाम्रा ६५बर्ष देखि माथि ७० कटेका अग्रज नेताहरुको त्याग मेहनत जेल नेल र सङ्घर्ष त्यस पश्चात् उहाहरुले देश र पार्टिको नेतृत्व गरेको सबै समय कालखण्डमा कर्म अनुसारको स्मरणीय रहन्छ।
देउवा, ओली, प्रचण्डको शाशकिय म्युचिकल चेयर सगै अघिपछि करोडौ अरबौ को भष्ट्रचारको काण्डको किर्तिमानको फेहरिस्त अझै धेरै लामो छ।हामिबाट पनि थुप्रै गल्ति भए र सच्चिने प्रण गर्दै विधि ,बिधान भन्दा माथि रहेका यी तीन नेता र यिनका आसेपासेको दादागरि समानुपातिक प्रणालिका नाममा दुरुपयोगले खासमा हामी बिद्रोहको बम माथि सुतिरहेका थियौ।
गत भदौ २३ र २४ गते त्यो बम पड्कियो। ओलि नेतृत्वको सरकारमा काङ्ग्रेस सामेल थियो यहि सरकारको गोलिबाट जेनजि आन्दोलनमा सहभागी कलिला भाईबहिनि मारिए ।
नेपाली युवा र समग्र समाज भित्र बिष्फोट भईरहेको आक्रोश र अनिश्चितताले देशकै भविष्य सकटमा परेको बेला हामिलाई अनिर्णयको बन्दी बन्ने छुट छैन।गोलिबाट मारिएका त्यी अबोध भाईबहिनिको बलिदान स्मरण गर्दै देश पार्टि भन्दा राखेर सङ्कल्प गर्ने बेला हो।
बिपिले भन्नुभएको छ । हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्दछ ब्यक्तिगत हुनुहुदैन । तसर्थ बडाहाकिम जस्ता नेता, ठाले कार्यकर्ताको सामन्ती प्रबृतिले केन्द्र मात्रै होईन जिल्ला क्षेत्र प्रदेश स्थानिय र वडा तह सम्मै गाजेको छ तल ग्राउन्डमा रहेका निष्ठावान कार्यकर्ताको बिचार बुझ्न कसलाई पो फुर्सद छ न आबश्यक नै ठान्दछ। पार्टीको बिधानमा भएका कती बिधान सम्मत भए, अनि किन भएन,महत्त्वपूर्ण फरक मतलाई बहुमतको आडमा प्रवेस समेत नगराईनु दुर्भाग्यपूर्ण छ भयो।
“हामिसँग जनताबाट बनाएको संविधान छ यसको रक्षार्थ एकता, मेलमिलाप ,सबाद र सहकार्य गर्दै यो विषम परिस्थितिलाई तपाईं हामी वाद वाद भनिरहदा कुनै पनि अबसरबाद स्थापित हुन नदिई सार्थक परिवर्तन जन्माउन काङ्ग्रेसले बिगतमा जस्तै अग्रसरता लिनुपर्छ त्यसका निम्ति भष्ट्र ,झुण्डमा रमाइरहेको, थाकेको बर्तमान नेतृत्वले सक्दैन ।”
नेका को १४ महाधिवेशनमा नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र न १ बाट मैले महाधिवेशन प्रतिनिधिको उमेदवारको रुपमा मत माग्ने क्रममा परिवर्तनको पक्षमा मत मागे नेतृत्व परिवर्तन गर्ने अठोटका साथ मैले यहाहरुको बिश्वास स्वरुप महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भए र बर्तमान नेतृत्वको बिरुद्ध मतदान गरे तर सफल भएन।
मुलुक अहिले जटिल परिस्थितिबाट गुज्रिएको समयमा नेकालाई रुपान्तरण गर्नु हाम्रो कर्तव्य हो, नियमित महाधिवेशन गर्ने कुनै छाट छैन र त्यो अनुरुप काम गरिएन।
हामी नेकाको बिधानमा रहेर नै बिधानको धारा १७ को २ मा रहेर विशेष महाधिवेशनका निम्ति हस्ताक्षर अभियानमा मेरो पुर्ण सहमत छ र अन्तमा मनमा एउटा प्रश्न सगै उत्तरले बेचैन छु खेतबारिमा त सिचाई गरे पछि बालि सप्रन्छ तर पटक पटक रगतले सिन्चित हुदा हाम्रो देश किन सप्रदैन ?अब यो प्रश्नको उत्तर संयम,संवाद र एकताबाट मात्रै सम्भव छ र यो उत्तर अन्तिम उत्तर हुनेछ।
(नुवाकोटका थापा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।)



























































