काठमाडौं– काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्ने डा. निकोलस भुसाल सहित केहि युवालाई प्रहरीले पक्राउ गरेको छ । जेनजीको माग सम्बोधन नभएको भन्दै माइतिघरमा प्रदर्शनका लागि पुगेका भुसालसहित १५ भन्दा बढि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


माइतिघरमा प्रदर्शनका लागि काठमाडौं प्रशासनले कसैलाई पनि अनुमति नदिएकाले प्रदर्शन गर्न पुग्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जेनजीको एक समूहले पनि बिहीबारका लागि तय गरेको प्रदर्शनको कार्यक्रम फिर्ता लिएको थियो ।


ADVERTISEMENT

# # #


जेनजीका नाममा हुने प्रदर्शनलाई मध्यनगर गर्दै माइतिघरदेखि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।