काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट संसद विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनस्र्थापना भएको बताए ।


ADVERTISEMENT

# # #


संसद भंग गर्ने पूर्वशर्त राखेर, सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभो,’ उनले भने, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले संसद पुनस्र्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए । त्यस्तै उनले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको जिकिर गरे ।

प्रधानमन्त्री हुने बित्तिकै संसद भग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उनको नियतमै खोट रहेको उनले बताए । उनले भने, ‘सुशीला कार्कीलाई राम्रोसँग थाहा छ, व्याख्या गर्ने ठाउँबाट आउनु भएको हो, नेपालको संविधानले स्पष्ट भन्छ, सर्वाेच्च अदालतको न्यायाधीश भइसकेको व्यत्ति, प्रर्वप्रधानन्यायाधीश कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन । प्रधानमन्त्री, मन्त्रीको त कुरै छोडौँ ।’

आफ्नो पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने जस्तो तमासा नगर्न उनले सरकारलाई चुनौती दिए । उनले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए । उनले सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पारे ।

कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उनले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने धारणा राखे ।