काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि बिहीबार सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।