काठमाडौं– नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ ।
शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो। नयाँ व्यवस्थाअनुसार २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने भएका छन् ।
अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थारशाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ।
नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ।




























































