काठमाडौं – काठमाडौं महामगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका बिभिन्न ३२ केन्द्रबाट बिक्रि बितरणको व्यवस्था गरेको छ ।


ADVERTISEMENT


तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु¥याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगाएतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उहाले बताए । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत उहाले जानकारी दिए। उनले तिहारमा स्वदेशी फूलको सहज रुपमा बिक्रिबितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे ।

नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डले बताए ।

कार्तिक १ देखि ६ गतेसम्म सहज रुपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढिको फूलको कारोबार हुने अनुमान छ ।

महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।

विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ ।

एन. वि. सेन्टर नयाँ वानेश्वर
बिग मार्ट : शंखमुल
आइ प्लेक्स मल : नयाँ बानेश्वर
सेल्स बेरी : मध्यबानेश्वर
फोनेक्स टावर : बत्तिसपुतली
तिनकुने चौर तिनकुने
सिफल चौर : सिफल
ए.सी. कम्लेक्स : चावहिल गणेशस्थान तरकारी बजार
के. एल.टावर अगाडि, चावहिल
चावहिल सेन्टर अगाडि
स्वयम्भू : धर्म चक्र पार्क
कालिमाटी : कालिमाटी बाङ्गक्यूट
कालिमाटी धौखेल
कलंकी भाटभटेनी
नयाँ बजार : भ्याली कोल्ड स्टोर
माछापोखरी : बुद्ध महल
माछापोखरी : गुणस्तर खाल्डो
हॉडिगाउँ स् ५ वडा अगाडिको डबली
हाँडिगाउँ : ५ वडा गणेश मन्दिर डबली
कोइराला स्मार्ट : २६ वडा सामाखुशी
सेल्सबेरी स् महाराजगञ्ज
गंगवु : विगमार्ट

टेवाल मन्दिर परिसर
सुन्धारा काठमाडौं महल
का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा
न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट
चपलकारखाना : विगमार्ट
बालुवाटार स् विगमार्ट
कमलादी : का।म।पा। २८
पुतली सडक : का.म.पा. २८
अनामनगर : का.म.पा. २९ : भाटभटिनी