काठमाडौँ – यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ । यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।


ADVERTISEMENT


उनका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।


ADVERTISEMENT

# # #


मनसुनको उत्तराद्र्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । उक्त मनसुनी विपद्मा परी ५४ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।

उनका अनुसार यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गत जेठ १५ गते मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिन २३ दिन लागेको थियो ।