काठमाडौं– कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो।


ADVERTISEMENT


आइतबार नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंक घटेको छ।


ADVERTISEMENT

# # #


कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भएको छ ।

आज ९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो ।

बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशत घटेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबारमा आएका बैंकिंङ, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।