काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे देखि सुरु हुँनेछ । नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT

# # #


कुवेतविरुद्ध नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललित नाराण राजवंशी ।

प्रतियोगिताका दुई प्रमुख र कडा टोली मानिएका नेपाल र युएईबीचको यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धी मानिएको छ । आजको खेल जित्ने टोलीले विश्वमपमा स्थान बनाउनुका साथै प्रतियोगिताको उपाधि समेत जित्न सक्ने सम्भावना प्रबल रहेकाले दुबै टोलीका लागि यो खेल अति महत्वपूर्ण छ ।

आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा सहभागी ९ टोली मध्ये ३ टोली समूह चरणबाटै बाहिरिसकेका छन् भने ६ टोली सुपर सिक्समा पुगेका छन् । जुन आजदेखि सुरु भएको छ । यी तीनै टोलीले समान २–२ अंक समूह चरणबाटै लिएर गएका छन् ।

नेपाल समूह ‘बी’को विजेताका रुपमा सुपर सिक्समा पुगेको हो । यता युएई समूह ‘ए’को विजेताका रुपमा सुपर सिक्समा पुगेको छ । समूह ‘सी’बाट आयोजक ओमान विजेताका रुमा सुपर सिक्समा पुगेको छ । मा परेको छ ।

यस्तै कतार, जापान र ओमोआले पनि सुपर सिक्समा प्रवेश पाएका छन् । यी छ वटै टोलीले एक आपसमा खेल्नेछन् । समूह चरणमा खेलिसकेका टोलीबीच भने भिडन्त हुने छैन । प्रतियोगिताका उत्कृष्ट ३ टोली विश्वकपमा छनोट हुनेछन् ।

नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।