भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।


ADVERTISEMENT


तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरु व्यस्त छन् ।


ADVERTISEMENT

# # #


गुण्डुमा उत्पादन भएका फूलहरुले उपत्यका लगाएत आसपासका जिल्लामा खपत हुने गरेको छ । भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् ।

वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेका छन् । अहिले नगरपालिकाले समेत फूलको उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्दै आएको छ । तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला लगाइदिने परम्परा छ ।