काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५१ रन बनाए । त्यसक्रममा ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्काको मदतमा २८ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले १९ बलमा १ चौका हान्दै २० रन बनाएर आउट भए । यस्तै गुल्शन झाले ५ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाए भने कुशल मल्लले १० रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ युएईका हर्षित कौशिक, ध्रुव परसर, हैदर अली, जाहिद अली र मुहम्मद रोहिदले समान १–१ विकेट लिए । युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

९ राष्ट्र सहभागी दुई प्रमुख र कडा टोली मानिएका नेपाल र युएईबीचको यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धी मानिएको छ । आजको खेल जित्ने टोलीले विश्वमपमा स्थान बनाउनुका साथै प्रतियोगिताको उपाधि समेत जित्न सक्ने सम्भावना प्रबल रहेकाले दुबै टोलीका लागि यो खेल अति महत्वपूर्ण छ ।