काठमाडौं-  एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘LG Essential Series’ घरेलु उपकरण सार्वजनिक गरेको छ।


ADVERTISEMENT


नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा LG’ अभियानअन्तर्गत नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार नेपाली परिवारको आवश्यकता, जीवनशैली र स्थानीय वातावरणलाई ध्यानमा राखेर विकास गरिएको ‘Essential Series’ मा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्। यी उत्पादनमा आधुनिक प्रविधि, ऊर्जा दक्षता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

डबल–डोर रेफ्रिजेरेटरमा Frost-Free Technology, Smart Mode र ठूलो तरकारी भण्डारण क्षमता रहेको छ। त्यस्तै, वासिङ मेसिनमा ProShield Motor, Low-Pressure Fill Technology तथा पानी प्रतिरोधी कन्ट्रोल प्यानल जस्ता सुविधा उपलब्ध छन्।

नयाँ एयर कन्डिसनरमा ऊर्जा–दक्ष Inverter Technology, Cooling र Heating दुवै सुविधा तथा वातावरणमैत्री R32 Refrigerant प्रयोग गरिएको कम्पनीले जनाएको छ।

एलजीका अनुसार ‘Essential Series’ का उत्पादनहरू नेपालभर जुन २०२६ देखि बिक्रीमा आउनेछन्। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक LG Brand Shop, मल्टिब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।