काठमाडौँ – नेपाली अटोमोबाइल क्षेत्रमा पछिल्लो समय इलेक्ट्रिक भेहिकल (ईभी)को दबदबा रहँदै आएको छ । विद्युतको सहज उपलब्धता, चार्जिङ स्टेशनको देशव्यापी सञ्जाल र सवारी सञ्चालनको खर्चमा किफायतीका कारण सवारी प्रयोगकर्ताहरु ईभीमा झुम्मिरहेका छन् ।
पछिल्लो समय नेपालको ईभी बजारमा नामीका ईभीप्रति ग्राहक र प्रयोगकर्ताको रोजाई तीव्र रुपमा बढ्दै गइरहेको छ । यसैबीच नामी भिगोले सबैको ध्यान खिचिरहेको छ । आकर्षक डिजाइन र उन्नत प्रविधिको संयोजनका कारण नामी भिगोले अन्य इभीभन्दा फरक र उत्कृष्टता प्रदान गर्दछ । डोङफेङद्वारा निर्मित यो मोडेलले भविष्यमुखी डिजाइन आइडिया, पर्फर्मेन्स, सुरक्षा र दिगोपनमा विशेष जोड दिइएको कम्पनीले जनाएको छ ।
के छ आकर्षण ?
भिगोको डिजाइन “म्याजिक क्यूब” अवधारणामा आधारित छ। यसमा प्रयोग गरिएका क्लिन लाइनहरू, कर्भ धारहरू र मोड्युलर लेआउटले यसलाई परम्परागत कारहरू भन्दा अलग आधुनिक पहिचान दिन्छ। पछाडिको भागमा रहेका त्रिकोणाकार पिक्सेल लाइटहरूले गाडीलाई बाटोमा अरुभन्दा बेग्लै र सजिलै चिन्न सकिने बनाउँछ।
भित्रपट्टि, यो गाडी क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा बनेको छ। यो संरचना चाइना टुरिङ कार च्याम्पियनसिप (सीटीसीसी) बाट प्राप्त अनुभवका आधारमा विकास गरिएको हो । त्यसैले यसले गाडीको स्थायित्व र ड्राइभिङ पर्फर्मेन्समा सुधार ल्याएको छ। यो प्लेटफर्मले चालकहरूलाई अझ सहज नियन्त्रण र स्थिर ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । जसले रेस–ट्र्याकको सूक्ष्म सन्तुलनलाई हरेक दिनको ड्राइभिंग अनुभवसँग जोड्ने कम्पनीको भनाई छ ।
चार्जिङमा छैन चिन्ता
नेपाली बजारमा काठमाडौँ उपत्यका बाहिर ईभी लिएर जानेहरुलाई सताउने एउटै विषय हो, चार्जिङ । अप्रयाप्त चार्जिङ पूर्वाधारका कारण बीच बाटोमा समस्या झेल्नुपर्ने चिन्ताले चालकलाई सताउँछ । तर, यो चिन्तालाई दूर गर्न भिगोले विशेष ध्यान दिएको छ ।
किनकी भिगोमा रहेको म्याच ई ब्याट्री प्रणालीमा ३सी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ। यसले ईभी प्रयोगकर्ताको चार्जिंग सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै गाडीलाई करिब १८ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्षम बनाउँछ। यो क्षमता लामो दूरीको यात्रा र दैनिक प्रयोग दुवैका लागि व्यावहारिक विकल्प रहेको कम्पनीको भनाई छ ।
गाडीभित्रका सुविधा
नामीको भिगोले यात्रामा रहँदा चालक र यात्रुलाई प्रिमियम महसुस गराउने विभिन्न स्मार्ट सुविधाहरुलाई ध्यान दिएको छ । यसमा एआईमा आधारित ड्राइभर असिस्टेन्स प्रणाली, ३६० डिग्री क्यामेरा सिस्टम र भ्वाइस कमान्ड जस्ता स्मार्ट सुविधाहरू पनि छन्।
गाडीको भित्री भागमा रहेको डिजिटल ककपिटमा हाइ–रिजोलुसन टच डिस्प्ले सँगै स्मार्टफोन कनेक्टिभिटी रहेको छ जसले मनोरञ्जन र नेभिगेसन प्रणालीलाई एकै इन्टरफेसमा एकीकृत गर्दछ।
भिगोको अर्को उल्लेखनीय विशेषता यसको ओभर–द–एयर (ओटीए)अपडेट सिस्टम हो, जसले सफ्टवेयरलाई अटोमेटिक अपडेट गर्न सक्षम बनाउँछ। यसका कारण प्रयोगकर्ताले सर्भिस सेन्टरमा नगइकनै नयाँ नयाँ फिचर र सुधारहरू पाउन सक्छन्। साथै, रिजेनेरेटिभ ब्रेकिङ र इको–ड्राइभिङ मोडले उर्जा दक्षता बढाउँछ र वातावरणीय प्रभाव घटाउँछ।
यी सबै प्रविधिहरूको संयोजनले नामी भिगोलाई नयाँ पुस्ताको एक स्मार्ट, छिटो र कनेक्टेड विद्युतीय सवारी साधनको प्रतीक बनाएको छ। यसले आधुनिक प्रविधिहरूले कसरी ड्राइभिंग गाडी अनुभवलाई पुनःपरिभाषित गर्दै भविष्यको गतिशीलताका नयाँ मापदण्डहरू तय गरिरहेका छन् भन्ने देखाउँछ।




























































