काठमाडौं– स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवल का साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।
ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाईसेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दिर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ ।’
आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, वैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धि लगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृण हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको उनले बताए ।
साथै असोज २३ र २४ गते भएको युवा समूहहरु (जेनजी)को आन्दोलन र सो आन्दोलन पश्चात देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन नीतिहरु बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीहकर्ताहरु हतास हुन नपर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिलेको सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोही अनुरुप सुधारका काम गर्न दबाब दिँदै आएका छौं,’ ।



























































