काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रर्दशनकारीको आक्रमणमा परी घाइते भएका उनीहरु मंगलबार सार्वनिक भएका हुन् ।
उनीहरुलाई जेन–जीले बुढानीलकण्ठस्थित निजी निवासमै पुगेर भौतिक आक्रमण गरेका थिए । आक्रमणपछि घाइते भएका देउवा दम्पत्तिलाई नेपाली सेनाले उद्दार गरी उपभार गरेको थियो ।
उनीहरु नेपाली काँग्रेसको मेन्द्रीय कार्यसमितिको बैठकका अवसरमा करिब ३६ दिनपछि सार्वजनिक भएका हुन् ।



























































