काठमाडौँ – ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलनपछि उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकलले ध्वनी प्रदूषण गरेको गुनासो आएपछि बिहिबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट करिव २ सय वटा स्वरुप परिवर्तन गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरी निरन्तर क्रियाशिल रहेको उल्लेख गरे । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका मध्य अधिकांश बुलेट मोटरसाइकल रहेका छन् ।