काठमाडौं- तुँदी पावर कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका एक करोड कित्ता साधारण शेयर आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।


ADVERTISEMENT


कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारीस्वरूप बिक्री प्रबन्धक नियुक्त गरेको हो।


ADVERTISEMENT

# # #


यस सम्बन्धी सम्झौतापत्रमा तुँदी पावर कम्पनीका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

तुँदी पावर कम्पनीले म्याग्दी जिल्लास्थित राहुघाट नदीमा निर्माण गरेका चिमखोला–राहुघाट मङ्गले ९३५।५ मेगावाट र माथिल्लो राहुघाट ९४८।५ मेगावाट जलविद्युत आयोजना व्यावसायिक रूपमा सञ्चालन गरिरहेको जनाएको छ।