काठमाडौँ – ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोटको उपाधि नेपालले जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले उपाधि उचालेको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरतमा जारी प्रतियोगिताको ट्रफी जित्न सामोवाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै समेटिएको हो ।  सामोआका लागि सिन सोलले सर्वाधिक ४० रन बनाए । यस्तै बेन्जामिन माइलताले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


सामोआलाई सस्तैमा समेट्नेक्रममा नेपालका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । त्यसक्रममा उनले ४ ओभरमा १३ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै रोहित पौडेल, करण केसी र सन्दीप लामिछानेका नाममा १–१ विकेट रह्यो ।

यसअघि नेपाले शानदार ओपनिङ साझेदारी गर्यो । पहिलो विकेटका लागि आशिफ शेख र कुशल भुर्तेलले ६.४ ओभरमा ६३ रनको साझेदारी गरे । त्यसक्रममा कुशल भुर्तेल कुशल भुर्तेल पहिलो विकेटका रुपमा १७ रनमा आउट भए । त्यसपछि नेपालका लागि आपेनर आशिफ शेख र अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । सो क्रममा आशिफले ४१ बलमा ७ चौका र ४ छक्का ठोक्दै सर्वाधिक ६९ रन बनाए । यस्तै दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

यस्तै आक्रामक ब्याटिङ गरेको लोकेश बमले १२ बलमा २ चौका र ४ छक्का ठोक्दै ३९ नटआउट रन बनाए भने कप्तान रोहित पौडेल १२ बलमा २१ रन बनाएर नटआउट रहे । बलिङतर्फ सोमोआमा सौमानी टिआई, डारियल भिजेर र डेनियल ब्रग्रेस र नोह मिडले समान १–१ विकेट लिए ।

प्रतियोगितामा नेपालको यात्रा र प्रदर्शन

प्रतियोगिताको नेपाल अपराजित रह्यो । जस अनुसार नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई ५ विकेटले हराएर समूह विजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा युएईमाथि १ रनको सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा कतारलाई उस्तै प्रकारको खेलमा ५ रनले हराउँदै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा छनोट भयो ।

यस्तै तेस्रो खेलमा आयोजक ओमानमाथि ३८ रनले जितेको नेपालले आज सामोआलाई रनले हराएर प्रतियोगिता अन्त्य गरेको हो ।