काठमाडौँ – नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरा गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विायक विशेष प्रस्तावलाई पारित गर्दै ११औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले संसद् पुनस्र्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय भएको उनले बताए । त्यस्तै बैठकले संसद् पुनस्र्थापनामा एमालेको जोड भएपनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढने निर्णय गरेको गौतमले बताए । जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानविन गर्दै दोषिलाई कारवाही गर्न बैठक माग गरेको छ ।