काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानुन मान्नुपर्ने भन्दै कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘आफूलाई समाएर देखाऊ भन्नु उहाँले कानुन मान्दिनँ भनेको हो । केपी ओली मात्रै कानुन भन्दा माथि बस्ने पहिलेको थियो, अब त्यस्तो हुँदैन ।’ उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभई छानविन आयोगको भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे । मुलुक हिंसाको नभइ अहिंशाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुमा चेत आउनुपर्ने उनको भनाई छ ।