काठमाडौँ – दक्षिण अफ्रिकाका महान खेलाडी फ्रान्कोइस (फाफ) डु प्लेसिस दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने नेपाल आउने भएका छन् । दक्षिण अफ्रिकाका पूर्व कप्तान समेत रहेका फाफलाई एनपीएलको फ्रेन्चाइज्ड विराटनगर किंग्सले अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएलको फ्रेन्चाइज रोयल च्यालेन्जर्स बैंगलोरलाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।


ADVERTISEMENT

# # #


विराटनगर किंग्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा रहेको बताए । उनले भने, ‘उनको आगमनले बिराटनगर किंग्स र ल्एी को लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन् ।’

फाफ डु प्लेसिसको आगमनले विराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एनपीएललाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ।

४१ वर्षीय दायाँ हाते ब्याटर फाफले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट खेलमा १० शतक र २१ अर्धशतकसहित ४ हजार १६३ रन बनाएका छन् । यस्तै १४३ एकदिवसीयमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ५०७ रन बनाउनुका साथै ५० वटा टी–२० अन्तर्राष्ट्रियमा १ शतक १० अर्धशतकसहित १ हजार ५२८ रन जोडेका छन् ।

उनी टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय सबै फर्म्याटमा शतक बनाउने पहिलो दक्षिण अफ्रिकी क्रिकेटर हुन्। सन् २०२१ मा टेस्ट क्रिकेटबाट सन्यास लिएको थिए । अन्य फर्म्याटमा उपलब्ध भए पनि उनी त्यसयता दक्षिण अफ्रिकाको टोलीमा देखिएका छैनन् ।

लामो समय रायर च्यालेन्जनर्स बैंगलोर, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग खेलेका प्लेसिसले सन् २०२२ मा बैंगलोरको कप्तानी समेत गरेका थिए । उनले विश्वभरका थुपै्रै प्रिमियर लिग समेत खेलेका छन् ।

आगामी नोभेम्बर १७ देखि काठमाडौँमा हुने दोस्रो संस्करणको एनपीएल खेल्ने खेलाडीहरुमा अहिलेसम्म फाफ सबैभन्दा ठूलो नाम हो । यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन, न्यूजिल्याण्डका जिम्मी निश्शमले खेलेका थिए ।