काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।


ADVERTISEMENT


बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।


ADVERTISEMENT

# # #


बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले पारित गरी बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।