काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएक छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै विप्लवले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टिकरण गर्ने र देशमा उत्तेजना फैलाउनेमाथि प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताएका हुन् । त्यसका लागि वर्तमान सरकारलाई खारेज गरेर सर्वपक्षीय सरकार बनाउनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले अझै पनि सबै क्षेत्र वर्गका जनताले अग्राधिकार नपाएसम्म संघीयता पूर्ण रुपमा कार्यान्वयन नहुने जिकिर गरे । विप्लवले राज्यसत्ता जनताले बनाएपछि प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने बताए । कम्युनिष्ट एकताले नेपालमा सधै राम्रो गर्छ भन्ने नरहेको भन्दै विचार नपुर्याए कम्युनिष्ट एकता निकै घातक हुने उनले बताए ।

यस्तै उनले मुलुकमा देखिएको बेतिथिको विरुद्ध लाग्नुपर्नेमा समाजवादी मोर्चाले त्यस्तो काम गर्न नसकेको स्वीकार गरे । उनले राज्यसत्ता निरंकुश र मुर्ख बन्दै गएको अवस्थामा त्यसलाई झकझकाएर जेन–जी आन्दोलनले ठूलो गुन लगाएको बताए । त्यसअघि नेकपाको बिभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।