काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामाले दिएको अभिब्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
कांग्रेसको जारी बैठकमा बोल्ने क्रममा शुक्रबार केन्द्रीय सदस्य लामाले धर्म गर्ने मान्छेको घर जल्दैन, त्यसैले मेरो घर जलेन भनेर पूर्व मुख्यमन्त्रीले दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै कांग्रेसको संस्कार र नेपाली समाजको चरित्रसंग मेल नखाने बताएका हुन् ।
कुनैपनि घट्नालाई, धार्मिक, जातीय, क्षेत्रीय हिसावले जोड्न नहुने मानवताको मुल्यले मापन गर्नुपर्ने बताउँदै नेता लामाले विगतको मुख्यमन्त्रीले जस्तो विवादास्पद नभई वर्तमान मुख्यमन्त्रीले धेरै सकारात्मक कार्य गरिरहेको बताए ।
बर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट दलित, एकल महिला, चेपाङ, बनकरिया समुदायको लागि प्रयोग गरिरहनुभएको बताउँदै कांग्रेस केन्द्रीय सदस्य गणेश लामाले भन्नुभयो, ‘मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका गरिव, दलित, विपन्नका लागि एकहजार घर निर्माण गर्ने कार्य अगाडी बढाईरहनुभएको हामीले सुनिरहेका छौं, यो प्रदेशमा मात्रै हैन, देशकै लागि उदाहरणीय कार्य हो ।’
प्रतिनिधिसभा विघटन गैरसंवैधानिक छ, यसमा विमति राख्दै कांग्रेस मुलुकको लोकतान्त्रिक पार्टी भएकाले जेनजी पुस्ताको प्रदर्शन र मागका कारण उत्पन्न प्रतिकुल परिस्थितिका कारण फागुन २१ मा सबै दलहरु निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
केन्द्रीय सदस्य लामाले जेनजी प्रदर्शन र मागमा भएको घुसपैठका कारण हजारौं फरार कैदी र लुटिएका हतियारहरुका कारण जनमानसमा त्रास रहेको अवस्थामा सरकारले पूर्ण शान्ति सुरक्षाको ग्यारेण्टी गरेमात्र निर्वाचनमा जान सकिने केन्द्रीय सदस्य लामाको भनाई छ ।
भदौं २३ गते प्रदर्शनमा मृत्यु भएका युवा र २४ गतेको लुटपाट र आगजनीमा संलग्न अराजक समूहलाई एउटै ठाउँमा राखेर ब्यवहार गर्दैछ र सरकारद्वारा घटना छानविन आयोगलाई प्रभावित गर्ने कार्य भैरहेकोले यस्लाई छुट्याउन आवश्यक रहेको बताउँदै कांग्रेसले यसमा पहलकदमी लिनुपर्ने केन्द्रीय सदस्य लामाको भनाई थियो ।
केन्द्रीय सदस्य लामाले भने ुराणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा मानक बनेको कोइराला निवास जलेको छ, विभिन्न ऐतिहासिक कालखण्डका नेताहरु, बर्तमान नेताहरुको घर ब्यवसाय छानी छानी जलाईएको छ ।


























































