काठमाडौं– लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा आज लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।


ADVERTISEMENT


सभामा प्रस्तुत वार्षिक प्रतिवेदन, आ.व. २०८१र८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण सर्वसम्मतिले पारित गरिएको छ।


ADVERTISEMENT

# # #


साथै, आ.व. २०८२र८३ का लागि लेखापरीक्षण कार्य निरन्तरता दिन हाल कायम लेखा परीक्षक एन.बी.एस.एम. एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ।

कम्पनीले आ.व. २०८१र८२ को वितरणयोग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १५।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यस अनुसार कुल रकम ७.७२ करोड शेयरधनीहरूलाई वितरण गरिनेछ।

तीन दशकभन्दा बढी समयदेखि नेपालका पूँजी बजारको विकासमा अग्रणी भूमिका खेल्दै आएको लक्ष्मी सनराइज क्यापिटल नेपालकै पहिलो मर्चेन्ट बैंक हो, जसले शेयर निष्कासन तथा सामूहिक लगानी कोषको कार्य सुरु गरेको थियो।

हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका ५ वटा बन्दमुखी म्युचुअल फन्ड र १ वटा खुलामुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको छ। यी सबै फन्डहरूले आ.व. २०८१र८२ मा लगानीकर्तालाई दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।

त्यसका साथै, कम्पनीले विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अर्ब पुँजीको “लक्ष्मी सस्टेनेबल एनर्जी फन्ड” संचालनमा ल्याएको छ, जसको उद्देश्य दिगो ऊर्जाका परियोजनामा लगानी गर्नेमाथि केन्द्रित छ।

लक्ष्मी सनराइज क्यापिटल नेपालकै पहिलो संस्था हो जसले “यूएन प्रिन्सिपल्स फर रिस्पोन्सिबल इन्भेष्टमेन्ट” सँग औपचारिक सदस्यता हस्ताक्षर गरेको छ।

यो विश्वव्यापी पहल हो जसले सामाजिक, वातावरणीय र पारदर्शी लगानी अभ्यासलाई प्रोत्साहन दिन्छ। यस सदस्यताले कम्पनीको दिगो र उत्तरदायी लगानीप्रतिको प्रतिबद्धतालाई अझ स्पष्ट रूपमा उजागर गरेको संस्थाले जनाएको छ।