काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेएका विप्लवले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफुहरुको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमा नै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए । नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगाम दिनमा जनताको सुझाव अनुसार नै देशको हितमा काम गर्ने धारणा राखे । नयाँ पुस्ताले चाहेको रुपान्तरणका लागि संघर्षरत रहने उनको भनाइ छ ।

विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे ।

केही दिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवदेन दर्ता गरेको थियो । दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरुलाई सनाखतका लागि बोलाएको हो ।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो ।