काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रीत भएको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो । महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरुले धारणा राखेको बताए ।


ADVERTISEMENT

# # #


मंसिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रुपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको उनले बताए । उनले चुनावमा पार्टीले भाग लिने निर्णय गरेको अवस्थामा त्यसअघि नै नेतृत्व चयन गर्नुपर्ने आफ्नो मत रहेको धारणा राखे ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ । मंगलबार सहमहामन्त्रीद्वय— बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा राखेका थिए ।

बैठक बुधबार बिहान साँढे ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।