काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आसन्न प्रतिनिधिसभाको निर्वाचनको वातावरण निर्माण भइसकेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर विषयक कार्यक्रममा मन्त्री सिन्हाले दलहरुसमेत निर्वाचनका लागि छलफलमा बसिसकेको अवस्थामा निर्वाचनका लागि सरकार तयारी अवस्थामा रहेको र वातावरण बनिसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जेनजी आन्दोलनमा लुटिएका केही हतियारका कारण दलहरुले सुरक्षा चुनौती देखाउनु उचित नभएको धारणा राखे । मन्त्री सिन्हाले राजनीतिक दलमा आवद्धदेखि आम नागरिकसम्मले निर्वाचनको वातावरण बनाउनुपर्ने जिकिर गरे ।

उनले एकअर्कालाई दोष दिनुभन्दा पनि निकासका लागि सहकार्य गर्नुपर्नै बताए । छलफलममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले तोकिएको समयमा नै निर्वाचन हुनेमा आशंका व्यक्त गरेका थिए ।