काठमाडौं– कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गरेका छन् ।
कार्तिक २५ गते भएको निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइएको छ । निर्देशनको क्रममा उनले संगठनको हितलाई प्राथमिकतामा राखेर आफुलाई प्राप्त जिम्मेवारी ईमान्दार र अनुशासित तवरबाट निर्वाह गरी नागरिकको सेवामा सदैव तल्लिन रहनु पर्ने बताए ।
विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्वु जिल्लामा भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भुमिका निर्वाह गर्नु पर्ने बताउदै समाजमा आम नागरीक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाई कुनै पनि अपराधिक घटनाहरु घट्न नदिनका लागि ग्रामिण भेगका बस्तीहरुमा छोटो तथा लामो दुरीको प्रहरी गस्ती परिचालन गर्न तथा जनचेतनाको कमिबाट हुने घटना दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिए।
सोलुखुम्बु जस्तो दुर दराज पहाडी र हिमाली जिल्लामा सिमित स्रोत साधनको वावजुद पनि निरन्तररुपमा नागरिकहरुमा बिश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आईरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सेवाको लागि धन्यवाद व्यक्त गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गरेको थियो ।
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति रहेको थियो ।


























































