काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।


ADVERTISEMENT


प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।


ADVERTISEMENT

# # #


उनी दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा भक्कानिएका छन् । सम्बोधनको सुरुमै उनका गला अवरुद्ध भएका थिए ।

‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि अड्किए । अनि फेरि बोल्न सुरु गरेका थिए ।

उनले आफूले पाएको विशिष्ट जिम्मेवारीलाई पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्दै नागरिक सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको छ ।

खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।