काठमाडौँ – मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् ।


ADVERTISEMENT


सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुको टोलीले मंगलबार उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे ।


ADVERTISEMENT

# # #


प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रकृया अगाडी बढाउने उद्देश्यका प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए ।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि आफूहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेको उनले बताए । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्रले मधेश प्रदेश सभाको बैठक बोलाउन माग गरेका हुन् ।