काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज सुन चाँदीको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ६० ले बढेको छ ।
आज सुन तोलमा २ लाख ४२ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १५० रुपैयाँमा किानबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































