काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यू आदेश जारी गरेको हो ।
बाराको परवानीपुरमा आयोजना गरिएको एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरु सहभागी हुने जानकारी पाएपछि युवाहरुले उनीहरुलाई रोक्न सिमरा बिमानस्थल बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा बिमानस्थलको बाहिरको गेट समेत तोडफोड भएको छ ।
प्रदर्शनकारी रोक्न प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सुरक्षा जोखिम रोक्न कफ्र्यू आदेश जारी गरिएको बारा प्रशासनले जनाएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ सिमरा चोकमा जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबिच झडप भएको थियो ।



























































