काठमाडौँ – नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) गठनको घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसअघि कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा सहितका नेताहरूले झन्डा फहराएका थिए भने बबरमहल क्षेत्रमा मार्चपास गरेको थियो ।

एनभीएफको गठनबारे नेता महेश बस्नेतले प्राकृतिक प्रकोप पर्दा, मानकीय संकट पर्दा सहयोग गर्न सक्रिय हुने र एमालेविरुद्ध भ्रमको खेती गर्नेविरुद्ध उत्रिने उनले बताए । उनले एनभीएफले राजनीति उद्देश्य भन्दा पनि लोकतन्त्रको प्रवद्र्धन गर्ने, सुशासन र विधिको शासन कायम, गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने काम गर्ने बताए ।