काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार अपराह्न ४ः०० बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँविरुद्ध जित हात पारेको थियो भने आफ्नो पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।

आज सुदूरपश्चिम आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेको छ भने पोखरा पहिलो जित निकाल्दै लयमा फर्किने दाउमा रहेको छ । एनपीएलमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।