काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूर पश्चिमले पोखरा एभेन्जर्सलाई शुक्रबार १८ रनले हराएको हो ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस होरेर सुदूरपश्चिमलाई ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिको पोखरा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनमै समेटिएको हो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए । सोक्रममा उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै जेम्स निश्शमले २५ बलमा २ चौका र ५ छक्काको मदतमा ४७ रन प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरेका डेन डाउथह्वाइटले १६ बलमा १ चौका र ५ छक्काको मदतमा ३७ रन जोडे पनि जित दिलाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक २ विकेट लिए भने अविनाश बोहरा, हेमन्त धामी, स्कट कुग्लेगेइन, नरेन साउँद र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे ।
उसका लागि उच्च स्कोर बनाउने क्रममा जोस ब्राउनले सर्वाधिक ६८ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै विनोद भण्डारीले ४२ बलमा ६ चौकाको मदतमा ४३ तथा क्रिस लिनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३१ रन हाने । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ पोखराका जेम्स निश्शम, आकाश चन्द र डेन डाउथह्वाइटले समान २–२ विकेट लिए ।



























































