काठमाडौँ – प्रहरी प्रधान कार्यालयले बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई प्रहरी हेडक्वार्टर तानेपछि आलोचना सुरु भएको छ । बाराको सिमरामा भएको पछिल्लो समय भएको जेन–जीहरुको प्रदर्शनलाई लिएर प्रहरी हेडक्वार्टरले शुक्रबार  तामाङलाई हटाएर अर्का एसपी नरेन्द्र कुँवरलाई पठाएको छ।


ADVERTISEMENT


तर, सिमराको अवस्थालाई निन्त्रण बाहिर जान नदिई जिल्लामा शान्तिपूर्ण वातावरण पुनःस्थापनामा नेतृत्वदायी भूमिका खेलेका राष्ट्रसेवकमाथि जिम्मेवारीबाट हटाएर अन्याय गरेको भन्दै आलोचना सुरु भएको हो ।


ADVERTISEMENT

# # #


के थियो घटना ?

गत बुधबार नेकपा एमालेले बाराको परवानीपुरमा मधेश युवा जागरण अभियान थाल्ने गरी कार्यक्रमको योजना बनाएको थियो । उक्त कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितका नेताहरु त्यसतर्फ जाने गरी त्रिभुवन विमानस्थल पुगिसकेका थिए ।

तर, नेताद्वय पोखरेल र बस्नेत बारा आउने थाहा पाएपछि सिमराका जेन–जी उनीहरुलाई आउन नदिने भन्दै सिमरा एयरपोर्ट पुगे । त्यसअघि नै एमाले नेताहरुलाई स्वागत गर्न भनेर एमाले कार्यकर्ता एयरपोर्ट पुगिसकेका थिए ।

एयरपोर्टमै दुई समूह आमुन्नेसामुन्ने हुँदा तनावको अवस्था सिर्जना भयो र जेन–जीहरुले तोडफोड र आगजनीमा उत्रिए । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो ।

एसएसपी तामाङले देखाएको संयमता र परिपक्वता

यस्तो तनावपूर्ण अवस्थामा पनि एसएसपी तामाङले जिल्लाको अवस्था थप तनावपूर्ण हुन नदिने प्रभावकारी भूमिका खेले । उनले जेन–जी र एमालेको स्थानीय नेताहरुलाई स्थिति शान्तिपूर्ण बनाउन हरसम्भव प्रयास गरे ।

एमाले नेताहरुले जेन–जीमाथि कुटपिट गरेको आरोपमा उनले दोषी जोसुकैमाथि प्रहरीले अनुसन्धान गर्ने र उक्त जवाफदेहिताबाट प्रहरी नभाग्ने भन्दै जेन–जीलाई भरोसा दिलाउने काम गरे ।

प्रमुख एसपी सन्तोष तामाङले नागरिकले दिएका जानकारी र उजुरीको आधारमा दोषीमाथि अनुसन्धान र कानुनी कारबाही हुने बताए। उनले भने, “कतिपय पीडितलाई अनुसन्धानको प्रक्रिया थाहा नहुन सक्छ, तर हामीले जिम्मेवारीपूर्वक अनुसन्धान गर्छौँ। सरकारी पदमा बसेकाले जवाफदेही ढंगले काम गर्नु आवश्यक छ र हामी भाग्दैनौं।”

सरकारले क्षतिपूर्तिसहित न्याय व्यवस्था गरेको र प्रहरीको काम केवल दोषी समातेर थुनामा राख्ने मात्र नभई पीडितले कानुनी अधिकारअनुसार न्याय पाउने सुनिश्चिततासँग पनि सम्बन्धित रहेको भन्दै जेन–जीलाई विश्वास दिलाए । “नेपाल प्रहरीले राज्यले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छ। त्यसैले प्रहरीमाथि अनावश्यक शंका नगर्न आग्रह गर्दछौं,” उनले स्पष्ट पारे।

समाजमा भ्रष्टाचार र अन्य विकृतिको विरुद्ध आवाज उठाउँदै उनले भने, “लोकतन्त्रमा सबैको विचार र समानताको सम्मान हुनुपर्छ।”

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहीले जेन–जीलाई बल प्रयोग गरेको आरोपलाई नकार्दै उनले प्रहरी शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र शान्तिपूर्ण अस्था सिर्जना गर्न पनि प्रहरी प्रतिवद्ध रहेको बताए । एसपी तामाङले भने, “हामीले व्यवस्थापन गर्दा केही झडप भए पनि हाम्रो चाहना सदैव शान्तिपूर्ण आन्दोलन होस् भन्ने हो। युवाहरूको चेतना राष्ट्र निर्माणमा योगदान पुर्याओस्।” उनले थपे, “नेपाल प्रहरी २४ घण्टा देशको सुरक्षा सुनिश्चित गर्न तत्पर छ।”

अन्य सुरक्षा निकायसँगको समन्वयमा जिल्लाका प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गर्दै उनले शान्ति सुरक्षा कायम गराउन सफल भए । तर, कठिन र संवेदनशील समयमा पनि जिल्लाको स्थिति नियन्त्रण बाहिर जान नदिने तिनै राष्ट्रसेवकमाथि अन्याय भएको भन्दै अहिले प्रहरी हेडक्वार्टर र सरकारको विरोध सुरु भएको छ ।