काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो । खेल केहीबेरमा सुरु हुँदैछ ।
एनपीएल दोस्रो संस्करणम निकालेको सुदूरपश्चिम दुई जित हात पारेको सुदूर पश्चिम लगातार तेस्रो जित निकाल्ने दाउमा रहेको छ । यता पहिलो खेलमा जित र दोस्रो खेलमा जित निकालेको कर्णाली दोस्रो जितको लक्ष्य सहित मैदान प्रवेश गर्दैछ ।
यसअघि आजै भएको खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो ।


























































